काठमाडौं : समृद्धि फाइनान्सले सेयर संरचना परिवर्तन गर्ने भएको छ । नयाँ संरचना अनुसार संस्थापक सूमहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत स्वामित्व कायन हुनेछ ।
हाल फाइनान्सको सेयर संरचनामा संस्थापकको ५९.३७ प्रतिशत र सर्वसाधारणको ४०.६३ प्रतिशत छ । गत मंसिर ६ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले पुँजी संरचनामा परिवर्तन गर्ने प्रस्ताव पारित गरी नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाईसकेको छ ।
माघ २२ गतेसम्म वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेको सेयरधनीहरूको सेयर संरचना परिवर्तन गरिने जनाएको छ ।
वित्तीय संस्थाबाट सेयर नामसारी (सेयर खरिदबिक्रि, घरायसी नामसारी, मृत्यु नामसारी, अंशवण्डा आदि० स्वीकृति लिई सेयर नामसारी गर्न बाँकि रहेका संस्थापक सेयरधनीहरुलाई समयमा नामसारी गर्न कम्पनीले अनुरोध गरेको छ ।
साथै सेयर संरचना परिवर्तनमा आफ्नो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेमा वा गर्ने इच्छा नभएमा ३५ दिन भित्र कम्पनीको कम्पनीमा जानकारी गराउनुपर्नेछ । उक्त समयमा जानकारी नदिएमा कानुन बमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।
Advertisment