Below Menu
Below Menu

माछापुच्छ्रे क्यापिटल र बैंकद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

माछापुच्छ्रे क्यापिटल र बैंकद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं : माछापुच्छ्रे  क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । ।

मंगलबार, युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरिएको हो ।  

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।  

Advertisment

थप समाचार