Below Menu
Below Menu

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आठ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आठ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत आठ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले आठ अर्ब  रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयका अनुसार ९१ दिन अवधिको ट्रेजरी चैत २६ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि पुस २२ गते कार्यालयले २५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो 

Advertisment

थप समाचार