काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजना अनुसार बैंकको मोवाईल बैंकिङ्गमा भएको कनेक्ट आइपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।
यसैगरी एक सय रुपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पौष १९ गतेदेखि माघ १९ गतेसम्मका लागि रहनेछ ।
दोश्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्ग मार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०८१ पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुनेछ । तेश्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।
त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना पौष १९ गतेदेखि पौष २५ गतेसम्मका लागि हुनेछ ।
यसका साथै मोवाईल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत एक हजार रुपैयाँ क्यास व्याक प्रदान गरिने छ । साथै क्यूआर मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना पौष १९ गतेदेखि पौष २५ गतेसम्मका लागि हुनेछ ।
Advertisment