Below Menu
Below Menu

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैनः राष्ट्र बैंक

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैनः राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका सन्देश जारी गर्दै बिक्रेताले विद्युतीय भुक्तानीमा ग्राहकबाट वस्तु तथा सेवा बिक्रीको रकमबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था रहेको जानकारी दिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘ग्राहकले वस्तु तथा सेवा खरिद गरेबापत मोबाइल एप, क्यूआर कोर्ड वा पीओएस मेसिनजस्ता विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन र बिक्रेताले पनि खरिदकर्तासँग वस्तु तथा सेवा बिक्री गरेको रकमबाहेक अतिरिक्त रकम असुल गर्नुहुँदैन।’

साथै वस्तु तथा सेवाको बिक्रेताले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तान लिन गैर कानुनी रहेको राष्ट्र बैंकले जनाएको छ ।

‘आयकर ऐन, २०५८ ले समेत त्यस्ता कार्य वर्जित गरेको हुँदा व्यावसायिक कारोबारको भुक्तानी व्यक्तिगत खाता तथा वालेटमा नगरौँ नगराऔँ अर्थात् व्यावसायिक खातामै मर्चेन्ट क्यूआरमार्फत भुक्तानी गराऔँ’, केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ।

Advertisment

थप समाचार