काठमाडौं : सपोर्ट र महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेकाे छ।
सपोर्ट लघुवित्तले ६ हजार कित्ता र महुली लघुवित्तले ४ हजार ६४१ कित्ता सेयर बिक्रीमा राखेकाे हाे ।
सपोर्ट लघुवित्तको उक्त सेयरको मूल्य प्रतिकित्ता ४५० रुपैयाँ रहेको छ । इच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस्तै, महुली लघुवित्तका संस्थापक सेयरधनी लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Advertisment