Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको करेक्सन, सात अर्ब ३० करोडको कारोबार 

शेयर बजारमा दोहोरो अंकको करेक्सन, सात अर्ब ३० करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६.५३ अंकले बढेर २६५३.३८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ५५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा सात अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब ४० करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सुपरमादी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार