काठमाडौं : इमर्जिङ नेपाल लिमिटडेडको साधारण शेयर बिक्री (लकइन पिरियड) फागुन १३ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ फागुन ४ गते कम्पनीका संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि ५० लाख ११ हजार ५१२ कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।
कम्पनीले संस्थापक शेयरधनीहरुको ५० लाख ४०० कित्ता र कर्मचारीहरूको ११ हजार ११२ कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
Advertisment