Below Menu

लुम्बिनी प्रदेशमा घरजग्गा कारोबार सुस्त, राजस्व ३० प्रतिशतले घट्यो 

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन

लुम्बिनी प्रदेशमा घरजग्गा कारोबार सुस्त, राजस्व ३० प्रतिशतले घट्यो 

काठमाडौं : लुम्बिनी प्रदेशमा घरजग्गा कारोबारमा मन्त्रदी छाउँदा राजस्वमा सकेत धक्का परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक आर्थिक अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।

प्रकाशित गत आर्थिक वर्षको अध्ययन प्रतिवेदन अनुसार प्रदेशमा घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा २२.७२ प्रतिशतले ह्रास भएको छ । त्यस्तै, घरजग्गा रजिष्ट्रेशन वापत्को राजस्व रकम पनि गत वर्षको तुलनामा ३०.७९ प्रतिशतले ह्रास भएको छ ।

राष्ट्र बैंकका अनुसार सार्वजनिक निर्माण तथा रियलस्टेट गत वर्ष घरजग्गा रजिष्ट्रेशन सङ्ख्यामा १३.२५ प्रतिशतले ह्रास भएको थियो भने राजश्व रकम ३७.६७ प्रतिशतले वृद्धि भएको थियो । 

त्यसैगरी, समीक्षा वर्षमा घर÷भवन स्थायी नक्सा पास सङ्ख्या गत वर्षको तुलनामा १३.३५ प्रतिशतले ह्रास भएको छ । गत वर्ष पनि उक्त सङ्ख्या ८.२६ प्रतिशतले ह्रास भएको थियो ।

यस अवधिमा वर्षमा घर/भवन स्थायी नक्सा पास सङ्ख्या घट्नुमा पछिल्लो समय कित्ताकाट सहज रुपमा नहुनु, घरजग्गा कारोवारमा सुस्तता आउनु, बैदेशिक रोजगारीमा जाने प्रवृति बढ्नु र नगरवासीमा नक्सा पास गरेर मात्र घर निर्माण गर्नुपर्छ भन्ने चेतनाको विकास नहुनु जस्ता कारणहरु रहेका छन् ।

राष्ट्र बैंकले प्रदेश अन्तर्गतका १२ जिल्लाहरुको स्थलगत भ्रमण तथा गैरस्थलगत माध्यमबाट तथ्याङ्क एवम् जानकारीहरु संकलन  आर्थिक वर्ष २०८०/८१ को वार्षिक अध्ययन प्रतिवेदन तयार पारेको हो ।

उक्त प्रतिवेदन अनुसार कृषि क्षेत्रतर्फ  प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.३९ प्रतिशतले ह्रास भई ७ लाख ७९ हजार ४ सय २६ हेक्टर कायम भएको छ ।

समीक्षा वर्षमा उन्नत बीउबिजनको प्रयोग एवम्रासायनिक मल तथा किटनाशक औषधीको सहजताका कारण क्षेत्रफल घटेतापनि यस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन गत वर्षको तुलनामा ८.१८ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार ४९ मेट्रिक टन भएको छ ।

त्यस्तै दुध, मासु र अण्डाको उत्पादन गत वर्षको तुलनामा क्रमशः ७.४५ प्रतिशत, १२.७५ प्रतिशत र ३२.९० प्रतिशतले ह्रास भएको छ भने माछाको उत्पादनमा सामान्य वृद्धि भएको छ । वनजन्य उत्पादनतर्पm काठ उत्पादन गत वर्षको तुलनामा १४.९६ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा वर्षमा कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.०० प्रतिशतले ह्रास भएको छ भने कुल प्रवाहित कृषि कर्जामा रुपन्देही जिल्लाको हिस्सा सबैभन्दा धेरै ३९.८९ प्रतिशत र रुकुमपूर्व जिल्लाको हिस्सा सबैभन्दा कम ०.३१ प्रतिशत मात्र रहेको छ । 

उद्योग क्षेत्र यस प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत रहेको छ । नमूना छनौटमा परेका उद्योगहरुमध्ये कच्चा पदार्थको सहजताका साथै बजार माग वृद्धि भएका कारण रोजिन उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९२.४३ प्रतिशत र साबुन उद्योगकोकच्चा पदार्थको गुणस्तरमा आएको कमीका कारण सबैभन्दा कम २.४१ प्रतिशत क्षमता उपयोग गरेका छन् । 

समीक्षा वर्षमा औद्योगिक उत्पादनतर्पm सबैभन्दा बढी बिजुलीको तारको उत्पादन ५५.४३ प्रतिशतले वृद्धि भएको छ । 

त्यस्तै औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा वृद्धि भएको छ भने अन्य क्षेत्रमा प्रवाहित कर्जामा ह्रास आएको छ । 

सेवा क्षेत्रतर्फ यस वर्ष पर्यटक आगमन सङ्ख्यामा ५.३९ प्रतिशतले ह्रास आएतापनि आन्तरिक पर्यटकीय गतिविधि बढेका कारण छनौटमा परेका पर्यटकस्तरीय होटलहरुको शैया सङ्ख्या तथा अकुपेन्सी दरमा क्रमशः ८.०७ प्रतिशत र १३.७८ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको असार मसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले गरेको निक्षेप परिचालन गत आवको असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भएको छ भने कुल कर्जा प्रवाह १.३७ प्रतिशतले वृद्धि भएको छ । 

समीक्षा वर्षमा छनौटमा परेका बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पुँजी, बचत परिचालन र ऋण प्रवाह क्रमशः १२.०३ प्रतिशत, १२.५१ प्रतिशत र ५.६१ प्रतिशते वृद्धि भएको छ । 

पूर्वाधार क्षेत्रतर्फ चालु आवको असार मसान्तसम्ममा नारायणघाट—बुटवल सडक (पश्चिम खण्ड) योजनाको भौतिक प्रगति ५२.६५ प्रतिशत र वित्तीय प्रगति ४४.३८ प्रतिशत भएको छ । 

त्यस्तै सिद्धबाबा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति १५.० प्रतिशत र वित्तीय प्रगति २३.८ प्रतिशत भएको छ । सिक्टा सिँचाई आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशत र वित्तीय प्रगति ४०.६२ प्रतिशत भएको छ । 

राष्ट्र बैंकका अनुसार असा मसान्तसम्ममा बबई सिँचाई आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत र वित्तीय प्रगति ७०.८७ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । 
 

Sponsored Advertisment