Below Menu
Below Menu

२५.४१ अंकले घट्यो सेयर बजार परिसूचक

२५.४१ अंकले  घट्यो सेयर बजार परिसूचक

काठमाडौं : साताको पहिलाे कारोबार दिन आईतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा पुगेको हो । बिहीबार नेप्से परिसूचक १८.१४ अंकले घटेकाे थियाे ।

आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज नेप्सेमा ३ अर्ब ९९ करोड ७९ लाखको कारोबार भएको छ ।

Advertisment

थप समाचार