Below Menu
Below Menu

माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?

माघका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?

काठमाडौं : वाणिज्य बैंकहरुले माघ महिनाका लागि ब्याजदर निर्धारण गरेका छन् । माघ महिनाका लागि अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

१७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। दुई बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ। बढाउनेमा लक्ष्मी सनराइज रहेको छ भने नेपाल एसबिआई र कृषि विकास बैंकले घटाएको छ ।

पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको औषत ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको छ।

नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ । त्यस्तै कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। 

यता लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो।

Advertisment

थप समाचार