Below Menu
Below Menu

आईएमइए लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, अधिकतम ८० रुपैयाँसम्म पाइने 

आईएमइए लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर, अधिकतम ८० रुपैयाँसम्म पाइने 

काठमाडौं : आईएमइए लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०÷८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार २२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार सावधिक  सिमित अवधि भुक्तानी सावधिक बाल तथा बाल सावधिक योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म र सामुहिक सावधिक योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । 

त्यस्तै सावधिक तथा आजिवन योजनमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म अग्रिम भुक्तानी तथा आजिवन (कल्पधन) योजनामा न्युनतम प्रतिहजार ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी) योजनामा न्युनतम प्रतिहजार ३२ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर रहेको छ । 

नयाँ बोनसदर अनुसार कम्पनीले अग्रिम भुक्तानी सावधिक योजनामा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६३ रुपैयाँसम्म, बाल अग्रिक भुक्तानी सावधिक (बाल उमंग) योजना न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँ बोनस दिने भएको छ । 

कम्पनीले बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण)   योजनामा प्रतिहजार ३० रुपैयाँदेखिख ६० रुपैयाँसम्म र बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (भन सरिता) योजनामा न्युनतम प्रतिहजार  २२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

Advertisment

थप समाचार