Below Menu

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ? 

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको हो। 

Sponsored Advertisement

उक्त सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले माघ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार माघ ९ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

थप समाचार