Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस दिने 

हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस दिने 

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । माघ ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

साथै सो बैठकले बोनस शेयरको कर प्रयोजनका लागि रकम लगानीकर्ताहरुले नै भुक्तानी गर्नुपर्ने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई ।संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।


 

थप समाचार