Below Menu
Below Menu

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा आइपुग्दा बैंकको खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत बढेको छ। 

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ भने बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ। 

बैंकको इम्पेरमेन्ट चार्ज नमस्ते एक अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ। गत बर्ष ४.९० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५.०६ प्रतिशतमा पुगेको छ। 

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकको इपीएस ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ।

यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्क १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९. ३६ गुणा रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

दोस्रो त्रैमाससम्म २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ। 

Advertisment

थप समाचार