काठमाडौं : कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा बढेर ६.९६ प्रतिशत पुगेको हाे । गत आवको सोही अवधि बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियाे ।
यस अवधिमा बैंकले २७ करोड ५७ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा भने बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे।
बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशतले घटेर ७२ करोड १५ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ, जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।
Advertisment