Below Menu
Below Menu

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँ छ । यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ।

३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ छ ।

पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार