Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 

वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा खुुुम्चिएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो । 

पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब ३२ करोड ८२ लाख ४८ हजार रुपैयाँले कम हो । गत वर्ष बैंकहरुको नाफा २८ अर्ब ७६ करोड ५२ लाख ४२ हजार रुपैयाँ रहेको थियो । 

यस अवधिमा आइपुग्दा हाल सञ्चालनमा रहेका २० बैंकहरुमध्ये ११ बैंकको नाफा बढेको छ भने नौं वटा बैंकहरुको नाफा घटेको छ । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले चालु आवको छ महिनामा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको हो । 

प्रकाशित वित्तीय विवरण अनुसार नाफा बढाउने अन्य बैंकहरुमा ग्लोबल आईएमई बैंकको नाफा ४९.५१ प्रतिशतले बढेको छ । त्यस्तै एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशत, प्रभुको ८५.४९ प्रतिशत, एनएमबीको ४५.६१ प्रतिशतले बढेको हो । 

त्यसैगरी हिमालयन बैंकको नाफा ०.९८ प्रतिशतले बढेको छ । सानिमा बैंकको ४.७२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको नाफा ९.७१ प्रतिशत, नेपाल एसबीआई बैंकको नाफा ७.११ प्रतिशतले बढेको छ भने माछापुच्छ्रे बैंकको नाफा ०.२४ प्रतिशले नाफा बढेको छ । 

नौं बैंकको नाफा घट्यो

प्रकाशित वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्म आई पुग्दा नौं बैंकहरुको नाफामा गिरावट देखिएको छ । जसमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी ९२.०३ प्रतिशतले घटेको छ । 

त्यसैगरी कुमारी बैंकको नाफा ६८.२० प्रतिशतले घटेको छ । नेपाल बैंकको २१.८७ प्रतिशत, सिटिजन बैंकको १५.४५ प्रतिशत, कृषि विकास बैंकको २९.३५ प्रतिशत, राष्ट्रिष्य वाणिज्य बैंकको ६२.१४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ४.४९ प्रतिशत, प्राइमको १४.३४ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ५३.३६ प्रतिशतले घटेको छ । 


 

Advertisment

थप समाचार