Below Menu
Below Menu

गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब

गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब

काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार यस अवधिमा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २.२० प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८० करोड रुपैयाँ थियो ।

यस अवधिमा बैंकले ७८ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा यस्तो नाफा ७३ करोड १७ लाख रुपैयाँ थियो । बैंकको खराब कर्जा २.९५ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत पुगेको छ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड,  चुक्ता पुँजी ५ अर्ब ६८ करोड र जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५०.१६ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार