Below Menu
Below Menu

एनआईसी एशियासहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा 

एनआईसी एशियासहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम वार्षिक साधारण सभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने व्यवस्था रहेको छ ।

तर, बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएको भन्दै राष्ट्र बैंकले प्रभु बैंकका सञ्चालक समितिलाई सचेत गराएको छ । 

त्यस्तै राष्ट्र बैंकले बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भएतापनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको भन्दैं निजलाई संचालक पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिईएको  छ । 
 
प्रभु बैंकले स्थलगत निरीक्षणका क्रममा केन्द्रीय बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणनासम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ को व्यवस्था अनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको तथा केही कर्जाह रूमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएको भन्दै केन्द्रीय बैंकले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराईएको छ । 

त्यसैगरी हिमालयन बैंकले कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको भन्दैं बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराईएको छ । 

एन आई सी एशिया बैंक लिमिटेडका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुकापरिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको राष्ट्र बैंकले जनाएको छ ।

नियामकीय व्यवस्था बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराईएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, संचालक त्रिलोकचन्द्र अग्रवाल तथा संचालक रामचन्द्र संघाइलाई राष्ट्रले नसिहत दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट एन आई सी एशिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ग) अनुरुप एन आई सी एशिया बैंकलाई लिखित आदेश जारी गरिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुजारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य÷निर्णय नगर्न तथा नगराउन र यस बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न÷गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । 

त्यस्तै व्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकीन गरी सोको प्रतिवेदन यस बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागु गर्न समेत निर्देशन दिएको छ । 

राष्ट्र बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था तथा केन्द्रीय बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा नेपाल राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न÷गराउन तथा सुधारको कार्ययोजना बनाई लागु गर्न पनि भनेको छ । 
 

Advertisment

थप समाचार