नेप्से परिसूचक ५.०८ अंकले बढ्यो

नेप्से परिसूचक ५.०८ अंकले बढ्यो

काठमाडौं : मंगलबार नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको छ। नेप्से बढेपनि परिसूचक कारोबार रकम भने घटेको छ।

Sponsored Advertisement

आज ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार साढे ५ अर्बको शेयर खरिदबिक्री भएको थियो । 

आज मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादि हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। रिभर फल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ८.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिईडिबी होल्डिङ्गस शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

थप समाचार