Below Menu
Below Menu

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्दैछ । आज (माघ ९ गते) कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ।

Advertisment

थप समाचार