काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ चालु आर्थिक वर्षको छ महिनामा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पुस मसान्तसम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् ।
यस अवधिमा कम्पनीहरुले एक करोड ३३ लाख ७२ हजार १०९ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६।६८ प्रतिशत अर्थात ६ अर्ब ४४ करोड ३२ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ४१ हजार ३५५ बीमालेख बिक्री गरी ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
गत मंसिर मसान्तको तुलनामा पुस मसान्तसम्म १४ अर्ब ९२ करोड २० लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत मंसिरमा मात्र कम्पनीहरुले ४ लाख ३३ हजार २३१ बीमा लेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् ।
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार पुस मसान्तसम्म कम्पनीले १७ लाख ८३ हजार ५९२ बीमालेख बिक्री गरी २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ७८ हजार ५३५ बीमालेख जारी गरी दुई अर्ब ७७ करोड ४५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यस्तै नेशनल लाइफले नौं अर्ब ६० करोड ८० लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले नौं अर्ब ४६ करोड ५६ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ ।
यसैगरी पुस मसान्तसम्म मेट लाइफले दुई अर्ब ८६ करोड ८५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले चार अर्ब २१ करोड ८३ लाख, आईएमई लाइफले दुई अर्ब ४४ करोड एक लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले दुई अर्ब ३१ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले एक अर्ब ३८ करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले ५ अर्ब ६ करोडको ५७ लाख र सानिमा रिलायन्स लाइफले तीन अर्ब २४ करोड ४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म हिमालयन लाइफले आठ अर्ब ३३ करोड ८ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमाको व्यापार ५१ करोडमाथि
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । पुस मसान्तसम्म कम्पनीहरुले ६ लाख ६९ हजार २४४ बीमालेख जारी गरी ५१ करोड २९ लाख ९५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले २० करोड २० लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १८ करोड ६४ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १२ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment