Below Menu
Below Menu

टिकेन नेप्सेको उत्साह, परिसूचक र कारोबार दुवै घट्यो 

टिकेन नेप्सेको उत्साह, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा नौं अर्ब २० करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार