Below Menu
Below Menu

गभर्नर अधिकारी भन्छन्-बैंकहरु समस्याग्रस्त छैनन्, नियामकले नजिकबाट हेरिरहेको छ

गभर्नर अधिकारी भन्छन्-बैंकहरु समस्याग्रस्त छैनन्, नियामकले नजिकबाट हेरिरहेको छ

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैङ्कले गर्ने जनाउँदै उनले भने, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, अतारचढाव आउन सकन्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।”

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र सङ्कल्पका साथ रावा बैङ्क आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए ।

उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैङ्कले सुधार गर्दै लगिरहेको बताए ।

देशभैभर दुई सय ९४ शाखा रहेको सो बैङ्कले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा दिँदै आइरहेको छ । 

चालु आवको पुस मसान्तसम्म बैङ्कको कुल निक्षेप रु चार खर्ब ५० अर्ब, कुल कर्जा सापट रु दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रु पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ रु दुई अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइयो ।

Advertisment