काठमाडौं : बेष्ट फाइनान्स कम्पनीले ५ लाख ३५ हजार ९०९ कित्ता सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले राजेन्द्र प्रसाद ध्वजुको नाममा रहेको ३ लाख ५१ हजार २२ कित्ता, इन्द्रलाल श्रेष्ठको नाममा रहेको १ लाख कित्ता, निर्मला कुमारी सुवाल ध्वजुको नाममा रहेको ४३ हजार ६०४ कित्ता, राजेश किरण श्रेष्ठको १२ हजार ८१ कित्ता, सुरश प्रजापतिको ९ हजार २८६ कित्ता, दिनेश बज्रचार्यको १९ हजार ९३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सो सेयरहरु खरिद गर्नका लागि पहिला संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही अुनसार ३५ दिन भित्र फाइनान्सको केन्द्रिय कार्यलयमा आवेदन दिन संस्थापक सेयरधनीहरुलाई कम्पनीले आह्वान गरेको छ ।
Advertisment