काठमाडौं : गोर्खाज फाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ ।
संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । कम्पनीका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
Advertisment