Below Menu
Below Menu

३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स

३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको 
अवितिरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको संस्थापक समूहको २९ लाख ९७७ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५ कित्ता गरी कुल ३ लाख २० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको उक्त सेयर माघ २० देखि २७ गतेसम्म बिक्री खुला रहनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

कम्पनीको उक्त सेयरमा लगानीकर्ताले एनएलजी इन्स्योरेन्सको विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले कम्तिमा १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Advertisment