काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २९ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र छ अर्ब ५० रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । त्यस्तै कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन १३ गते, ९१ दिन अवधिको ट्रेजरी २०८१ बैशाख १६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८२ साउन १४ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८२ माघ १३ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।
यसअघि माघ ७ गते कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment