Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, नौ अर्ब १२ करोड नाघ्यो कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, नौ अर्ब १२ करोड नाघ्यो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा नौं अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा सात अर्ब ८५ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।

आज जानकी फाइनान्स, बोटलर्स नेपाल (बालाजु), दोल्ती पावर कम्पनी र एनआईसी एशिया डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार