Below Menu
Below Menu

बिकेन ङादी ग्रुप पावरकाे हकप्रद सेयर, आवेदन दिने म्याद थप

बिकेन ङादी ग्रुप पावरकाे हकप्रद सेयर, आवेदन दिने म्याद थप

काठमाडौं : ङादी ग्रुप पावरले हकप्रद सेयर बिक्रि नभएपछि आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले पुस २३ गतेदेखि १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

कम्पनीको हकप्रद सेयरमा आवेदन दिने माघ १४ गतेसम्म थियो । उक्त समयमा हकप्रद नबिकेपछि कम्पनीले माघ २९ गतेसम्मका लागि आवेदन दिने म्याद थप गरेको छ ।

यस हकप्रद सेयरका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो । 

कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले रहेको छ । सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । 

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ छ । हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । 

Advertisment

थप समाचार