काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एक लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख १३ हजार २ सय ३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
बैंकको शेयर खरिदको लागि सूचना प्रकाशन भएको ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर र मूल्य समेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।
Advertisment