क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला

क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन बिक्री खुला गरेको हो ।

Sponsored Advertisement

कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २९ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

थप समाचार