काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सले १७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको माघ १४ गते बसेको बैठकले फागुन ११ गते १७ औं वार्षिक साधारण सभा बोलाएको हो।
सभाले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँको १४ प्रतिशतका दरले १ अर्ब १२ करोड २८ लाख ५३ हजार रुपैयाँ बोनस सेयर पारित गर्नेछ । बोनस सेयरमा लाग्ने कर सेयरधनीहरूले नै भुक्तानी गर्नुपर्नेछ । बोनस सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २५ गते एक दिनका लागि बुकक्लोज तोकेको छ । त्यसैले माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायमा सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Advertisment