काठमाडौं : मस्र्याङदी नदीमा निर्माण हुने ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ ।
कुमारी बैक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा आज (माघ १८ गते) हस्ताक्षर भएको हो ।
लगानी सम्झौता एम. ए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता गरिएको हो ।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।
प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि विकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।
स्वपुँजी लगानी तर्फ श्री अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक म्गभ म्ष्ष्निभलअभ क्तगमथ अगाडी बढाएको कम्पनीका अध्यक्षले बताएका छन् । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलविद्युत आयोजना २२ मे वा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल विद्युत प्राधिकरण सँग २०८० साल कार्तिक ०१ ग्तै बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति (च्ऋइम्) २०८६ साल बैशाख २२ रहेको छ । आयोजना प्राविधिक प्ररामर्शदाता श्री क्लिन इन्ज कन्सलटेन्स प्रा लि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताएका छन् ।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।
Advertisment