काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगमले शुक्रबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ बढाएको हो ।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ पर्छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले फेरि मूल्य बढाएको हो ।
यसअघि निगमले माघ २ गते पेट्रोलमा २ रुपैयाँ बढाएको थियो । त्यस्तै डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो ।
Sponsored Advertisment