काठमाडौं : सन् २०२५ को पहिलो महिनामा ७९ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका यस अवधिमा विभिन्न देशका ७९ हजार ९९१ विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार उक्त संख्या सन् २०२४ को सोहि अवधिको तुलनामा १.१२ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ७० हजार १०० जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२४ को जनवरीमा ७९ हजार १००, सन् २०२३ मा ५५ हजार ७४ जना, सन् २०२२ मा १६ हजार ९७५ जना, सन् २०२१ मा ८ हजार ८७४ जना, सन् २०२० मा ७९ हजार ७०२ जना र सन् २०१९ मा ८१ हजार २७३ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २० हजार ४८५ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट आठ हजार १९१ जना, अमेरिकी पर्यटक ८ हजार ६३ जना, बेलायतबाट ३ हजार ५२१ जना, बंगलादेशबाट ५ हजार ४०६ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी जनवरीमा अष्ट्रेलियाबाट चार हजार ३०१ जना, कारियाबाट ३ हजार ७५६ जना, थाइल्याण्डबाट तीन हजार २१९ जना र जापानबाट एक हजार ५७० जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।
Sponsored Advertisment