Below Menu

पाँच अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार, आजै बोलकबोल 

पाँच अर्बको ट्रेजरी बिल नविकरण गर्दै सरकार, आजै बोलकबोल 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत पाँच अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार (आज) पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार ३६४ दिन अवधिको ट्रेजरी २०८२ माघ २० गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि माघ १३ गते कार्यालयले २९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Sponsored Advertisment