काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वोच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन २५ गते बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा बोलाएको छ । सभाले संस्थापक सेयरधनीहरूबाट ४ जना र सर्वसाधारण सेयरधनीहरूबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धी उक्त प्रस्ताव २०८० चैत २० गते सम्पन्न ३७औँ वार्षिक साधारण सभामा समेत थियो । सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो ।
Sponsored Advertisment