समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली (माघ २४) गते बुकक्लोज गर्दैछ।

Sponsored Advertisement

आज (बुधबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


लघुवित्तको एघारौँ वार्षिक साधारण सभा फागुन ११ गने हुँदैछ। 

सभाले शेयर पूँजी संरचना अनुपात संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार