काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
यस अवधिमा कम्पनीकाे खुद नाफा ८.७३ प्रतिशत बढेर ३७ करोड ६२ लाख ८२ हजार रुपैयाँ पुगेकाे छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन २.१३ प्रतिशत बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेकाे छ। गत वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेर ११ अर्ब ३३ करोड २९ लाख रुपैयाँ कुल खर्च गरेको छ । कम्पनीको जीवन बीमा कोषको आकार २०.७७ प्रतिशत बढेर ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ थियो ।
कम्पनीकाे चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख, महाविपत्ति कोष ४६ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको अन्य इक्विटी १७ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.६३ रुपैयाँबाट बढेर ९.३८ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४८.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ रहेको छ ।
Advertisment