Below Menu
Below Menu

१४४४४.४७ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, ईपीएस कति?

१४४४४.४७ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, ईपीएस कति?

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

यस अवधिमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १४ हजार ४४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ३८.३७ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ६६ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको छ। समिक्षा अवधिमा कम्पनीको कुल नाफा ७१ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्म कम्पनी यस्ताे नाफा ५३ करोड १८ लाख रुपैयाँ थियो ।

कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेको छ।

कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ छ भने अन्य इक्विटीमा ५५ करोड ७६ लाख रुपैयाँ छ ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी २.७५ रुपैयाँबाट बढेर १०.२६ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २५.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.१८ रुपैयाँ छ।

Advertisment

थप समाचार