काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३.४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६.६९ प्रतिशतले बढेर ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ५६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
साथै यस अवधिमा कम्पनीले दुई अर्ब २६ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा १३.४६ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले एक अर्ब ९९ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत वर्ष १० अर्ब २८ करोड ६९९ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार १६.७१ प्रतिशतले बढेर १२ अर्ब ६३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस ०.४८ रुपैयाँ घटेर ७.७३ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११९.६४ रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म चार अर्ब ७२ करोड ५६ रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६८ करोड ९८ लाख र अन्य इक्विटीमा ११ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।
Advertisment