Below Menu
Below Menu

ट्रेजरीमार्फत १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने र छ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । 

कार्यालयका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८२ बैंशाख ३० गते र १८२ दिन अवधिको ट्रेजरी २०८२ साउन २८ गते परिपक्क हुनेछ । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो २ बजे हुनेछ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि माघ २१ गते कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 


 

Advertisment

थप समाचार