Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा दोहोरो अंककाे गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

नेप्से परिसूचक सँगै कारोबार रकम पनि घटेको छ। आज ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आज सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।

Advertisment

थप समाचार