Below Menu
Below Menu

कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 

कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : पछिल्लो समय बजारमा कर्जाको माग सामान्य रुपमा बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा दुई अर्ब निक्षेप थपिदा ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । 

बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडी रेसियो पनि बढ्न थालेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६७ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । माघ २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब १२ रुपैयाँ लगानी गरेका छन् । 

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.४४ प्रतिशत रहेको छ । 

Advertisment

थप समाचार