Below Menu
Below Menu

सिटिजन लाइफको नाफा ८६ प्रतिशतले बढ्यो, बीमा कोषको आकार पौने १७ अर्ब  

सिटिजन लाइफको नाफा ८६ प्रतिशतले बढ्यो, बीमा कोषको आकार पौने १७ अर्ब  

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८६.७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७४ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै यस अवधिमा कम्पनीले तीन अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा २३.६९ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले दुई अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले चार अर्ब १८ करोड ९५४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा २४.६४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले तीन अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अधिकर्ता कसिशनवापत ३१ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ । जुन गत वर्षको तुलनामा १५.५९ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनमा २७ करोड ५५ लाख रुपैयाँ खर्चिएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस बढेर ११.७३ रुपैयाँ पुगेको छ  । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १८१.८२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५९.२४ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ४०.७८ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो रकम ११ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म तीन अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक अर्ब ५५ करोड, महाविपत्ती कोषमा १९ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ८३ करोड ४० लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार