काठमाडौं : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.५५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको जीवन बीमा कोषको आकार ३९ अर्ब ९७ करोड २८ लाख रुपैयाँबाट बढेर ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
कम्पनीले समिक्षा अवधिमा ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ६७ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको महाविपत्ति कोषमा २५ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २२ करोड ७२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ६३० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको शेयरपुँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ। कम्पनीको ईपीएस १४.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.४१ रुपैयाँ थियो। पीई रेसियो ४८.०५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६(२३ रुपैयाँ छ।
Advertisment