काठमाडौं : एनआईसी एशिया बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका पाँच अर्बको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको हो ।
बैंकको २७ औं वार्षिक साधारण सभा फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्दैछ । सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अग्राधिकार शेयर तथा अविमोच्य ऋणपत्र जारी गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने बैंकले जनाएको छ ।
Advertisment