Below Menu
Below Menu

अधिकांश बैंकहरुको ब्याजदर स्थिर: ग्लोबल बढायो, लक्ष्मी सनराइजले घटायो

अधिकांश बैंकहरुको ब्याजदर स्थिर: ग्लोबल बढायो, लक्ष्मी सनराइजले घटायो

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार माघ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । 

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १८ बैंकले माघ महिनाकै ब्याजदर यथावत राखेका छन् । त्यस्तै माघ महिनाको तुलनामा फागुन महिनाका लागिदुई बैंकहरुले ब्याजदर घटबढ भएकाे छ । 

फागुन महिनाका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ६.००१ प्रतिशत रहेको छ । माघमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले बढेको छ । 

त्यस्तै संस्थागतर्फ फागुनका लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४९ प्रतिशत विन्दुमा झरेको छ । माघमा यस्तो ब्याजदर ४.५० प्रतिशत रहेको थियो । 

फागुन महिनाका लक्ष्मी सनराइज ब्याजदर घटाएकाे छ भने ग्लोबल आईएमई बैंकले ब्याजदर बढाएकाे छ। लक्ष्मी सनराइजले  ०.२५ प्रतिशत बिन्दुले घटाएकाे छ भने ग्लोबल आईएमई बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशत बिन्दुले बढाएकाे छ । 

त्यस्तै कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ ।  प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । 

फागुनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.६ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ । 

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ ।

नबिल बैंकले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ५.९१ प्रतिशत र संस्थागत तर्फ ४.९१ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनका लागि माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।

स्ट्याण्डर्ड चार्टर्डले फागुनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ । 
 

Advertisment

थप समाचार